News स्वास्थ्य

कोरोनाः शिक्षण संस्थासहित भिडभाड हुने स्थान वन्द गर्ने तयारी

कोरोनाः शिक्षण संस्थासहित भिडभाड हुने स्थान वन्द गर्ने तयारी

भारतमा कोरोनाको वढ्दो प्रभावले नेपाल पनि प्रभावित भईरहेको छ। स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ लहर फैलिएको भन्दै भिडभाडा हुने स्थलहरु वन्द गर्न सिफारिस गरेको छ।

भारतमा कोरोनाको वढ्दो प्रभावले नेपाल पनि प्रभावित भईरहेको छ। स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ लहर फैलिएको भन्दै भिडभाड हुने स्थलहरु वन्द गर्न सिफारिस गरेको छ।

शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताए । नयाँ खाले युके भेरियन्टको असर युवाहरुमा देखिएकाले विद्यालयहरु बन्द गर्न सिफारिस गरेको उनले वताए । ‘वालवालिकाहरुलाई कुनै जोखिम नहोस भन्नेमा सरकार गम्भीर छ’–उनले भने।

विद्यालयसहित सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिफारिस गरिएको जनाईएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने फेरि भयावह हुने उनले वताए ।

विशेष