News राजनीति

शेरवहादुर देउवा भन्छन्– प्रचण्डले खुट्टा टेक्न नसकेकाले ओलीले ‘लात हाने’

शेरवहादुर देउवा भन्छन्– प्रचण्डले खुट्टा टेक्न नसकेकाले ओलीले ‘लात हाने’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेकाले उनलाई हटाउन सवै लाग्नु पर्ने वताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले सत्ता कब्जाको कोसिस भइरहेको बताए।

‘ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ। तर, उनले चाहेर पनि सत्ता कब्जा हुँदैन’– देउवाले भने।

देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको राजनीतिक अवस्था आएको दावी गरे । प्रचण्डले खुट्टा टेक्न नसकेका कारण प्रधानमन्त्री ओलीले ‘लात हानेको’ आरोप लगाए ।

पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिएकोमा धन्यवाद दिदैं देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको बताए । 

देउवाले चुनावमा जानुपर्ने स्थिति पनि आउन सक्ने भएकोले जनताको घरदैलोमा पुग्न तयार रहन आग्रह पनि गरे। 
 

केपी शर्मा ओली शेरवहादुर देउवा सत्ता कब्जा

विशेष