News

गृहमन्त्रीको सांसद पद खोसियो, ६ महिना मात्रै मन्त्री वन्न पाउने ?

गृहमन्त्रीको सांसद पद खोसियो, ६ महिना मात्रै मन्त्री वन्न पाउने ?

नेकपा माओवादी केन्द्रवाट राष्ट्रिय सभा सदस्य वनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पार्टीले दलबाट निष्कासन गरेको छ। राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि स्पष्टीकरण सोधिएको छ।

माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएका छन्। थापा छ वर्ष र खड्का चार वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका थिए।

यसअघि माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसमा सदस्य रहेका चार सदस्य कारवाहीमा परेका थिए । उनीहरुको सांसद पद रिक्त भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराएका थिए।

सर्वोच्चको फैसलाका कारण एमालेमा रहने निर्णय गरेका उनीहरुलाई पार्टीले कारवाही गरेको हो । 

सांसद पद गुमे पनि उनीहरु छ महिना मन्त्रीमा रहन पाउने संवैधानिक व्यवस्था छ। 
 

विशेष