News

दाह्रे हात्तीको त्रासले कोशी टप्पु वन्य जन्तु आरक्षमा प्रवेश प्रतिवन्ध

दाह्रे हात्तीको त्रासले कोशी टप्पु वन्य जन्तु आरक्षमा प्रवेश प्रतिवन्ध

सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखि कोसी टप्पु वन्यजन्तु आरक्ष प्रवेशमा प्रतिवन्ध लगाईएको छ । १४ वटा जङ्गली दारे हात्तीको आतंक वढेपछि आरक्ष प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।

आरक्षमा सात वटा घरपालुवा पोथी हात्ती भएकाले जङ्गली हात्ती प्रवेश गरेर उदण्ड मच्चाउन थालेको आरक्षका प्रमुख अशोक रामले वताए । बैशाख ७ गतेसम्म स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकहरू र साना सवारी साधनलाई आरक्ष प्रवेशमा रोक लगाइएको उनको भनाई छ ।

चार पाङग्रे बन्द गाडीका पर्यटकलाई भने प्रवेश प्रतिवन्ध नलगाईएको रामले जानकारी दिए । आरक्षमा हात्तीको उश्रृंखल गतिविधि बढेपछि जिल्ला प्रशासन कार्यालयले पनि उच्च सुरक्षा सतर्कता अपनाएको छ । हात्तीको आक्रमणबाट हुने क्षति न्युनिकरणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको सुनसरीका सिडिओ उमेश कुमार ढकाल वताए ।

उनले आरक्ष क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै जङ्गली हात्तीको गतिविधि नियन्त्रण गर्न र मानव बस्तीको सुरक्षा गर्न निर्देशन दिइएको वताए ।

प्रतिवन्ध दाह्रे हात्ती कोशी टप्पु प्रवेश

विशेष