News राजनीति

सरकारको ध्यान कोरोना संक्रमण भन्दा अयोध्यातिर केन्द्रित भयोः उपेन्द्र यादव

सरकारको ध्यान कोरोना संक्रमण भन्दा अयोध्यातिर केन्द्रित भयोः उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार कोरोना संक्रमण नियन्त्रण भन्दा अयोध्यातिर केन्द्रित भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको वैठकलाई सम्वोधन गर्दै यादवले राष्ट्रसंघको चेतावनीलाई पनि सरकारले वेवास्ता गरेको वताए । ‘राष्ट्रसंघले एक वर्ष अघि नै चेतावनी दिएको थियो, नेपालमा ठुलो खतरा आउँदैछ भनेर’ उनले भने–‘तर, सरकारले त्यसलाई ध्यान दिएन ।’

‘सरकारको ध्यान कोरोना नियन्त्रण गर्नतिर केन्द्रित हुनुपथ्र्यो तर, ध्यान चितवनमा अयोध्या बनाउनेतिर गयो’ उनले भने–‘चितवनमा अयोध्या खडा गर्ने र रामको मूर्ति स्थापना गर्ने काम आजको आवश्यकता होईन।’

अहिले सरकार सेटिङ्गमा चलिरहेको पनि यादवले आरोप लगाए । प्रधानमन्त्रीले ‘सुखि नेपाली संमृद्ध नेपाल’ को नारा लगाउने गरे पनि अहिलेको अवस्था ‘दुखि नेपाली दरित्र नेपाल’ को अवस्था आएको उनले वताए ।
 

विशेष