News राजनीति

हामी अहिले पनि विभेदमै छौंः महन्थ ठाकुर

हामी अहिले पनि विभेदमै छौंः महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु अहिले पनि विभेद र भेदभावको शिकार भईनै रहेको वताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले भने– ‘अहिलेपनि हामी विभेद र भेदभावको शिकार भइरहेका छौं । अहिलेपनि हामीले विविधतालाई मानेका छैनौं । यो लोकतन्त्र हो कि विभेद हो ?’


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा उनले धन्यवाद दिए । प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता लिइएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गरे ।

आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले प्रष्ट्याए । 
 

विशेष