News अपराध सुरक्षा

वलात्कारी ठहर भएका कोइरालालाई ५ वर्ष कैद

वलात्कारी ठहर भएका कोइरालालाई ५ वर्ष कैद

पत्रकार केदार कोइरालालाई बलात्कारी ठहर गर्दै उच्च अदालत पाटनले ५ वर्ष तीन महिना कैद सजाय सुनाएको छ।

वैशाख १२ गते न्यायाधीश अच्युत बिष्ट र नवराज थपलियाको इजलासले उनलाई आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार ठहर गरेको फैसला गरेको थियो। सोही इजलासले सोमबार उनलाई पाँच वर्ष तीन महिना कैद सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिलाउने फैसला सुनाएको हो।

मुलुकी फौजदारी संहिताले दोषी ठहर र सजाय निर्धारण छुट्टाछट्टै पेशीमा गर्ने गरि गरेको व्यवस्था अनुसार वैशाख १२ मा दोषी ठहर भए पनि सजाय निर्धारण भने सोमबार गरेको हो।

जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाइ दिएको थियो। त्यसविरूद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

बाह्र वर्षदेखि आफ्नै घरमा संरक्षण दिएर राखेकी किशोरीलाई बलात्कार गरेको अभियोग लागेका पत्रकार कोइरालालाई काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश तेजप्रसाद पौडेल सफाइ दिएका थिए। 

वलात्कार उच्च अदालत पाटन पत्रकार केदार कोइराला

विशेष