News मनोरञ्जन राजनीति

प्रधानमन्त्रीको प्रश्ताव अस्विकृत, के अव राजीनामा देलान ?

प्रधानमन्त्रीको प्रश्ताव अस्विकृत, के अव राजीनामा देलान ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्। विश्वासको मतका लागि १३६ चाहिने भए पनि ओलीले त्यो प्राप्त गर्न सकेनन्।

प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसद मध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्। ओलीको विपक्षमा १२४ मत खसेको छ।

विश्वासको मत प्राप्त नभसँगै ओली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन्। संसदमा माधव नेपाल पक्षले बहिस्कार गरेको छ। नेपाल पक्षका २८ जना सांसदहरुले सामूहकि रुपमा ह्वीप उल्लंघन गर्दै अनुस्थित भएका हुन्।
केहि समय अघि प्रधानमन्त्रीले संसदमा सम्वोधन गर्दै विश्वासको मत नपाए राजिनामा दिने घोषणा गरेका थिए । अव सवैको नजर उनले रानीनामा दिन्छन वा दिदैनन् भन्नेमा केन्द्रित छ।

‘संसदको विस्वास म माथि छ भन्ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रसस्त गर्नु पर्छ। संसदले फैसला गरोस। सुविचार गरेर फैसला गरोस। मैले सरकारको नेतृत्व गर्नु जरुरी छकी छैन संसदले आदेश दिओस आज। आदेश सँगै मार्ग प्रशस्त भईहाल्छ। कुनै जालझेल सडयन्त्र होईन।’ उनले भनेका थिए।

यो पनि

राजीनामा दिने प्रधानमन्त्रीको घोषणा !

 

विशेष