बहुमतको सरकार गठन गर्न दलहरूलाई तीन दिनको समय
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।
संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन तीन दिनको समय दिएर भण्डारीले दलहरुलाई आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई यही वैशाख ३० गते राति नौ बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयद्वारा सोमबार राति जारी विज्ञप्तिमा भनिएको छ–‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८ वैशाख ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ।’
विज्ञप्ति
राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठन