News राजनीति

अन्तिम अस्त्र प्रयोग गर्न छलफलमा जुट्यो नेपाल समुह

अन्तिम अस्त्र प्रयोग गर्न छलफलमा जुट्यो नेपाल समुह

पार्टीको आन्तरिक समस्या हल गर्न दिएको समायावधि समाप्त हुँदा समेत प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले वास्ता नगरेपछि खनाल–नेपाल समुहले अन्तिम निर्णय लिने तयारी थालेको छ।

अल्टिमेटमको समय सकिएपछि अन्तिम निर्णयका लागि खनाल– नेपाल समूहले छलफलमा जुटेको छ । आइतबार नेपाल–खनाल समूहले सोमबार बिहान नौ बजेसम्मको लागि  ओलीलाई सच्चिन अल्टिमेटम दिएको थियो ।

यसैगरी नेता माधवकुमार नेपाले राती ओलीलाई ६ बुँदे माग सहितको पत्र पठाएका थिए । तर, ओलीले अल्टिमेटम र पत्र दुवैको वेवास्ता गरेपछि खनाल–नेपाल समुह चिढिएको छ ।

सो समुहका सांसदहरु अहिले सिंह दरवारमा भेला भएर आगामी कदमका विषयमा छलफल गरिरहेका छन् । उनीहरुले अन्तिम अस्त्रका रुपमा सामुहिक राजीनामाको तयारी गरेका छन् । 

छलफलमा नेपाल पक्षका प्रत्यक्ष र समानुपातिक गरि २१ सांसद सहभागी रहेका छन्। बैठकमा माधव कुमार नेपाल, भीम रावल, योगेश भट्टराई, यज्ञ बहादुर सुनुवार, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, झपट रावल, गणेश पहाडी, कृष्णलाल महर्जन, बिरोध खतिवडा, गोकर्ण राज बिष्ट, नारायणप्रसाद खतिवडा, जयकुमार राई, प्रवित्रा निरौला खरेल, राजबहादुर बुढा, निरा देवी जैरु, कल्याणी कुमारी खड्का, कलिला खातुनलगायत बैठकमा सहभागि छन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट आह्वान भएको संसदको विशेष अधिवेशनको बैठक दिउँसो १ बजे बस्दैछ।

विशेष