News राजनीति

राजीनामा नदिने पक्षमा उभिएका नेपाल पक्षका यी चार नेता ओली पक्षसँग छलफल

राजीनामा नदिने पक्षमा उभिएका नेपाल पक्षका यी चार नेता ओली पक्षसँग छलफल

माधव नेपाल पक्षका तीन नेता ओली पक्षसँग छलफलमा छन् । उनीहरुले सांसद पदबाट राजीनामा नदिने पक्षमा वकालत गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनकासंसद बैठक बस्न लागेका बेला नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट ओली पक्षका नेतासँग वार्तामा वसेका हुन । ओली पक्षको प्रतिनिधित्व अर्थमन्त्री विष्णु पौडेलले गरिरहेका छन् ।

दुवै पक्षको छलफल सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा चलिरहेको छ।

यी नेताहरुले राजीनामाको विपक्षमा उभिएपछि माधव पक्ष अनुपस्थित हुने तर राजीनामा नदिने निष्कर्षमा पुगेको थियो । त्यसपछि नेताहरुबीच बेग्लै छलफलपछि बिष्णु पौडेलसँग वार्ता भएको हो । 

माधव पक्षको केहीबेर अघि सकिएको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको नदिन संसदमा अनुपस्थित हुने निर्णय गरेको थियो। तर, यी चार नेता भने संसदमा उपस्थित हुने पक्षमा छन। 
 

विशेष