News राजनीति

माधव नेपाललाई गौतमको भरोसाः पार्टी फुटाए साथ दिन्छु

माधव नेपाललाई गौतमको भरोसाः पार्टी फुटाए साथ दिन्छु

नेकपा एमालेका नेता वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालले एमाले विभाजन गरे आफुले साथ दिने वताएका छन् ।

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका गौतमले खनाल नेपालले अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल हुने बताएका हुन। गौतम पक्षमा प्रतिनिधि सभातर्फ एक र राष्ट्रिय सभातर्फ एक जना सांसद छन्।

राष्ट्रिय सभामा उनी आफै सांसद छन् भने प्रतिनिधिसभामा उनकी पत्नि तुलसा गौतम सांसद छन् ।


प्रधानमन्त्री एमव पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेपछि दुई बुँदे धारणा सार्वजनिक गरेका गौतम ओलीले एमालेलाई २०७५ जेठ २ मा फर्काउन नमानेपछि गौतम चिढिएर निस्केका थिए ।

त्यसपछि उनले पार्टी फुटाएमा आफु नेपाल खनालको साथमा रहेको वताएका हुन । एमालेमै रहेर समानान्तर गतिविधि गर्ने कुरामा आफनो सहमति नरहेपनि ४० प्रतिशतसहित अर्को पार्टी वनाउने र अन्य कुनै उपायले पनि पार्टी विभाजन गरेर गए त्यो पार्टीमा सामेल हुने जनाएका छन् ।

विशेष