News राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन सुरु

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशन सुरु भएको छ ।

विशेष अधिवेशन बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्य सूचि छ ।

राष्ट्रपतिको पत्र पढेर सुनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । अब बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बारे सम्बोधन गर्ने छन् ।

कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि गर्ने पीसीआर रिपोर्ट भएका सांसदहरुलाई मात्रै संसद भवनमा प्रवेश दिइएको छ । 

कोरोना भाइरसबाट संक्रमित भएका सांसदहरुले पनि मत हाल्न पाउने गरि विशेष व्यवस्था गरिएको छ।

विश्वासको मत प्राप्त गर्नका लागि प्रधानमन्त्री ओलीलाई १३६ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमालेका १२१ सांसद छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका ६१ सांसद छन् र उसले विपक्षमा मत दिने बताएको छ ।

४८ सांसद रहेको माओवादी केन्द्रले पनि विपक्षमा मत हाल्न भएको छ भने ३२ सांसद रहेको जसपाले ह्वीप जारी गरेको छैन र उसका सांसदले व्यक्तिग विवेकका आधारमा मतदान गर्ने बताइएको छ ।

प्रतिनिधि सभा विशेष अधिवेशन विस्वासको मत

विशेष