News

सगरमाथाको चुचुरोमा ‘लाईन कोर्दै’ चाईना, यस्तो रहन्छ प्रभाव 

सगरमाथाको चुचुरोमा ‘लाईन कोर्दै’ चाईना, यस्तो रहन्छ प्रभाव 

संसारकै अग्लो शिखर सगरमाथाको चुचुरोमा नेपाल र चाईना छुट्याउने गरी छिमेकी राष्ट्र चीनले लाइन कोर्ने भएको छ ।

कोरोनाभाइरसको संक्रमण रोक्न चीनले सगरमाथाको चुचुरोमा आधार लाईन कोर्न लागेको हो । सगरमाथा आरोहणको सिजन चलिरहेका बेला नेपालतर्फबाट जाने आरोहीसँग तिब्बततर्फबाट आउने आरोहीको सम्पर्क नहोस् भनेर यस्तो लाईन कोर्न लागिएको जनाईएको छ।

चीनले ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो चुचुरोमा एउटा लाइन हाल्न लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

तिब्बततिरबाट केही गाइडहरू सगरमाथाको चुचुरोतिर गइरहेको र उनीहरूले बाँकी आरोहीका लागि चुचुरोमा लाइन बनाउने समाचारमा उल्लेख गरिएको छ।

अहिले २१ जना चिनियाँ नागरिकहरू सगरमाथा आरोहणको क्रममा छन्। चिनियाँ पक्षले यसपालि कुनै पनि विदेशीलाई आफ्नोतर्फबाट सगरमाथा आरोहणको अनुमति दिएको छैन।
 

विशेष