News राजनीति

सदनको विवेकमाथि मलाई पूर्णरूपमा भरोसा छः प्रधानमन्त्री

सदनको विवेकमाथि मलाई पूर्णरूपमा भरोसा छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्ताव प्रस्तुत गरेका छन्।

प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका हुन्।

उक्त प्रस्तावलाई सोमबारै निर्णयार्थ प्रस्तुत गरिने छ।

उनले आफू प्रधानमन्त्रीको हैसियतमा संसदमा उभिएको भन्दै यही सदनको विवेकमाथि आफू पूर्णरूपमा भरोसा गरेको बताए। उनले संसद पुनःस्थापना भइसकेपछि आफूमाथि कसैले पनि अविश्वास नगरेको जिकिर गरे।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने विश्वासको मत पाउँदिन भन्ने जानकारी भएर पनि प्रधानमन्त्री ओलीले विश्वासको मत मागेको वताए।

उनले अहिलेको परिस्थितिको जिम्मेवार प्रधानमन्त्री ओली नै भएको जिकिर गरे।
 

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत

विशेष