News राजनीति

व्यापारीको फाईदाका लागि जनताको स्वास्थ्य जोखिममाः देउवा

व्यापारीको फाईदाका लागि जनताको स्वास्थ्य जोखिममाः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोप खरिदमा कमिसनको विषयले सरकार जनताको स्वास्थ्यप्रति कति जिम्मेवार छ भन्ने अनुमान लगाउन सकिने वताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै देउवाले व्यापारी घराना पोस्नका लागि प्रधानमन्त्रीले जनताको स्वास्थ्य जोखिममा राखेको आरोप लगाए।

प्रधानमन्त्रीमा भ्रष्टाचार नियन्त्रण प्रति रुचि नभएको देउवाले जिकिर गरे। प्रधानमन्त्री ओली आफैँले भ्रष्टाचारका आरोपीहरूको पक्षपोषण गरेको उनको आरोप छ।

संवैधानिक परिषदसम्बन्धी संविधानले व्यवस्था गरेको कानुन र नियमलाई आफू अनुकुल परिमार्जन गरी सरकारले असंवैधानिक चरित्र देखाएको पनि उनले वताए ।

प्रधानमन्त्री ओलीले नैतिकता गुमाएको आरोप लगाएका देउवाले अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बेलामा पनि पदमै लिप्त रहेको भन्दै कटाक्ष गरे।
 

विशेष