News राजनीति

प्रचण्डले भने– ज्यान जाओस तर कुर्षि नजाओस भन्ने कुरा म ओलीवाट सिक्दैछु

प्रचण्डले भने– ज्यान जाओस तर कुर्षि नजाओस भन्ने कुरा म ओलीवाट सिक्दैछु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकम दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली मनमा एउटा र मुखमा अर्कै कुरा भएको मान्छे भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष दाहालले ओली र आफुमा एउटा फरक रहेको वताए । उनले भने–‘म चै मनमा भएको कुरा मुखमा र अनुहारमा आईहाल्ने मान्छे। तपाई चै मनमा एउटा कुरा वोकेर मन र मुखमा चै अर्कै कुरा देखाउन सक्ने मान्छे।’

दाहालले कोरोना संक्रमण वढ्नुमा पनि ओली दोसी भएको वताए । कोरोनाको दोस्रो लहर सुरु भएपछि प्रधानमन्त्री ओलीले विभिन्न आमसभा र रथ यात्रा चलाएको भन्दै त्यस्ता रथयात्रा अलिपछि गरेको भए पनि हुन्थ्यो नी भन्दै आलोचना गरे ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा पनि दाहालले ओलीको आलोचना गरे । ‘मैले तपाईले नै गर्नु भयो भनेको छैन। तर, यहि सदनका विभिन्न समितिका प्रतिवेदनले त्यो कुरा देखाएका छन्’– उनले भने ।

प्रधानमन्त्री ओली पदका लागि लिप्त भएको आरोप पनि लगाए । ‘म चै उदार मान्छे, सहजताका लागि छोड्नु पर्छ भनेर धेरै पटक छोडें। तर, तपाई चै ज्यान जावस तर कुर्षि नजाओस भन्ने सोचको मान्छे हुँनु हुँदो रहेछ।’ उनले थपे–‘म पनि अहिले तपाईवाट अलिअलि सिक्दैछु। सवैथोक छोडेर गल्ति गरेछु की भन्ने लाग्न थालेको छ।’

विशेष