News

रगत अभाव भएपछि रातोपुलमा आयोजना गरियो आकस्मिक रक्तदान कार्यक्रम

रगत अभाव भएपछि रातोपुलमा आयोजना गरियो आकस्मिक रक्तदान कार्यक्रम

रगतको चरम अभाब हुन थालेपछि राजधानीको रातोपुलमा जेष्ठ १ गते आकस्मिक रक्तदान कार्यक्रणको आयोजना गरिएको छ।

रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा कोभिड बिरुद्ध पूर्ण सावधानी अपनाईने र प्रहरीसँग सहकार्य गरिने आयोजकले जनाएका छन्।

लाईन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्ड, अटो नेपाल र सहयोगी महिला जागरण मंचको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। 

रक्तदातालाई आयोजना स्थलसम्म आउन वातावरण मिलाईने जनाउँदै रक्तदाता बढाई दिन आयोजकले आग्रह गरेका छन् । नेपाल रेडक्रस सोसाईटीले फोन गरेर सामान्य गर्भवती महिला र अपरेसन हुनै पर्ने बिरामीको पनि रगत अभावले अपरेसन हुन नसकेको बताएपछि आकस्मिक रुपमा कार्यक्रम आयोजना गरिएको हो। 

लाईन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्डस् का अध्यक्ष भुषणकुमार श्रेष्ठले भने–‘यस्तै अवस्थामा हामीले सहयोग गर्ने हो र सम्भव भएसम्म हरेक दुई÷दुई हप्तामा हामी सकेको रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौ। यस्तो अवस्थामा हामी बाहिर निस्कदैनौ, तर जरुरी पर्यो भने जीवन रक्षाका निमित्त जस्तो पनि सहयोग गर्न तयार छौ।’

विशेष