News

चार डलरमा कसैले दिन्छ भने सरकारले १ करोड डोज खोप किन्छः मन्त्री त्रिपाठी

चार डलरमा कसैले दिन्छ भने सरकारले १ करोड डोज खोप किन्छः मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको र नलिएको स्पस्ट पारेका छन्।

आज (मंगलबार) मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले बाहिर हल्ला गरिए अनुसार खोपमा कमिसनको खेल नभएको दावी गरे।
मन्त्री त्रिपाठीले कसैले चार डलरमा खोप उपलब्ध गराउँछ भने एक करोड डोज खोप किन्न सरकार तयार रहेको पनि बताए।

सिरम इन्स्च्यिुट अफ इन्डियाले निर्यात अनुमति पाएपछि नेपालले खोप पाउने विश्वास पनि उनले व्यक्त गरे। नेपाल सरकारले सिरमलाई २० लाख डोज खोपका लागि ८० प्रतिशत रकम भुक्तानी गरेकोमा १० लाख खोप मात्रै आएको छ।

भारत बाहेकका देशबाट पनि खोप ल्याउन पहल भइरहेको त्रिपाठीले बताए।
 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी खोप खरिदमा कमिसन

विशेष