News

महन्थ ठाकुर र माधव नेपाल समेतको समर्थनमा सरकार वनाउने कांग्रेसको निर्णय

महन्थ ठाकुर र माधव नेपाल समेतको समर्थनमा सरकार वनाउने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। जसपा र एमालेको माधव नेपाल पक्षको समेत सहयोगमा सरकार वनाउने कांग्रेसले निर्णय गरेको हो ।

कांग्रेस सभापपति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलवार बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले सवैको सहयोग लिएर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नु पर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

जसपाको सिङ्गो टिम र नेकपा एमालेको माधव नेपाल पक्षको समर्थन जुटाउन प्रहल गर्ने र ससपाको महन्थ ठाकुर समुहलाई सहमतिमा ल्याउन सभापति शेरवहादुर देउवालाई जिम्मा दिने निर्णय भएको ति नेताले वताए ।

‘समग्रमा जसपा एकजुट भएर कांग्रेसको नेतृत्वमा सामेल होस भन्ने हाम्रो सोच छ’ उनले भने–‘एमालेवाट माधवजीहरुको पनि सहयोग जुटाउन प्रयास गर्ने निर्णय भएको छ।’
 

विशेष