News विदेश स्वास्थ्य

मोदीलाई अमेरिकी राष्ट्रपतिका सल्लाहकारका यस्ता छन् सुझाव

मोदीलाई अमेरिकी राष्ट्रपतिका सल्लाहकारका यस्ता छन् सुझाव

अमेरिकाका टप इपिडियोलोजिष्ट मध्येका एक तथा अमेरिकी राष्ट्रपति जो वाईडेनका स्वास्थ्य सल्लाहकार डा. एन्थनी फाउचीले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि केहि हप्ता लकडाउन गर्न भारतलाई सुझाव दिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४ लाखभन्दा वढि नयाँ संक्रमित फेला परेका वेला उनको यस्तो सुझाव आएको हो । डा. फाउचीले भारतलाई यसका अलवा कोरोना रोकथामका लागि अन्य सुझाव पनि दिएका छन् ।

डा. फाउचीको भनाई छ–‘जुन रफ्तारमा भारतमा कोरोना फैलीरहेको छ, साामन्य अवस्थामा यो रफ्तार रोकिने कुनै संकेत देखिएको छैन। यस अवस्थामा कोरोना संक्रमण रोक्नका लागि तत्काल कदम उठाउनु जरुरी छ। यस अवस्थामा केहि हप्ता लकडाउन गर्नु एक उपर्युक्त उपाय हुन सक्छ।’

डा. फाउचीले कुनै सरकारको नाम नलिई भनेका छन् –‘संकट नियन्त्रण नहुदै र समयभन्दा अगाडि नै विजयको घोषणा गर्नु अपरिपक्वता हो । अहिले सवैभन्दा पहिला जे गर्नु जरुरी छ, त्यहि जतिसक्दो छिटो गर्नु जरुरी छ। देशलाई अस्थायी रुपमा वन्द गरियोस।’

कोरोना संक्रमण रोक्नका लागि यदि तत्काल दिर्घकालिन उपलब्धि दिने खालको कदम चाल्न नसेको अवस्थामा यो महत्वपुर्ण कदम हुन सक्ने उनले वताएका छन् ।

फाउचीले चीनको उदाहरण दिदै भनेका छन्–‘लगभग एक वर्ष पहिला चीनमा कोरोना भाईरस संक्रमण विस्फोट भएको थियो। उनीहरुले पुरै देशलाई पुर्ण रुपमा वन्द गरे । जरुरी छैन ६ महिनाका लागि लकडाउन गर्नुपर्छ। तर तत्काल राहतका लागि जवसम्म संक्रमको यो चक्र समाप्त हुँदैन, तवसम्म लकडाउनलाई अस्थायी रुपमा लगाउनु जरुरी छ ।’ 

लकडाउनवाट संक्रमणको रफ्तार कम हुुने उनले वताएका छन्। ‘कुनै पनि देशलाई वन्द मन पर्दैन, तर यो ६ महिनाभन्दा वढि गए मात्रै समस्या हुन्छ। यो अवस्थामा अस्थायी रुपमा लडकडाउन गर्नेतर्फ ध्यान जानु जरुरी छ ।’
आजतकको सहयोगमा

यो पनि

वैज्ञानिक भन्छन्– कोरोनाको भयावह अवस्था आउनुमा मोदी जिम्मेवार

विशेष