News

कोरोना संक्रमणवाट २२५ को मृत्यु, ९४८३ संक्रमित

कोरोना संक्रमणवाट २२५ को मृत्यु, ९४८३ संक्रमित

देशभर थप २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार योहित कोरोनाका कारण मर्नेको संख्या ४ हजार ८४ पुगेको छ।

यसैगरी २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। 

२४ घण्टामा देशभर १७ हजार ३६२ जनाको आरटी–पीसीआर विधिबाट र ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यसैगरी, २४ घण्टामा ५ हजार २२५ जना कोरोनामुक्त भएका छन्।
 

विशेष