News स्वास्थ्य

पूर्वप्रधानमन्त्री खनाललाई कोरोना, अवस्था गम्भिर

पूर्वप्रधानमन्त्री खनाललाई कोरोना, अवस्था गम्भिर

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र नेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण भएपपिछ खनाल मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएका छन्। उनको अवस्था गम्भिर छ। खनाललाई नर्भिक अस्पताल पठाउने तयारी भइरहेको छ।

प्रश्रितको पनि मनमोहनमै उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण तीब्र बनेको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर ५ हजार ७ सय ६३ कोरोना संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ। 
 

विशेष