News

जनस्वास्थ्यविद् भन्छन्– नेपालमा अहिलेको अवस्था अझै तीन हप्ता रहन्छ

जनस्वास्थ्यविद् भन्छन्– नेपालमा अहिलेको अवस्था अझै तीन हप्ता रहन्छ

जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन्।

डा. पाण्डेले मंगलवार सामाजिक सञ्जाल फेसवुक मार्फत कोरोनाका कारण उत्पन्न वर्तमान समस्या नेपालमा अझै तीन हप्ता जारी रहने वताएका हुन । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएका वेला पाण्डेको यस्तो भनाई सार्वजनिक भएको हो ।

तीन हप्तापछि संक्रमणको दर विस्तारै घट्दै जाने बताउँदै डा. पाण्डेले यो अवधि दुःख सहेर भए पनि घरभित्र नै बस्न उनले सुझाव दिएका छन् ।

जीवनको तुलनामा दुःख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन पनि डा. पाण्डेले आग्रह गरेका छन् ।

वाहिर निस्कनै पर्दा ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानी÷स्यानिटाइजरले निरन्तर हात सफा गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन उनले सुझाव दिएका छन् ।

यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गरेका छन्।

विशेष