News

कोरोना संक्रमितको मृत्यु भएपछि जनकपुर अस्पतालमा तोडफोड

कोरोना संक्रमितको मृत्यु भएपछि जनकपुर अस्पतालमा तोडफोड

कोरोना संक्रमितको मृत्यु भएपछि आक्रोसित समुहले जनकपुर प्रादेशिक कोभिड अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीलाई कुटपिट गरेको छ ।

जलेश्वर अस्पतालवाट रेफर भएका आएका ५५ वर्षीय सुखिचन महतोको मृत्यु भएपछि अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीलाई कुटपिट गरिएको हो ।

जलेस्वर अस्पतालले अन्तिम अवस्थामा रेफर गरेको र आफुहरुले उपचार गर्न नपाउँदै संक्रमितको मृत्यु भएको वताएका प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. प्रमोद यादवले ‘भेन्टिलेटरमा राखेर उपचार सुरु गर्न नपाउँदै मान्छे मरेपछि त्यस्मा स्वास्थ्यकर्मीको के दोस ?’ भन्दै प्रश्न गरे ।

सो समूहले अस्पतालको दुई थान भेन्टिलेटर फुटाएको पाँच जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेको डा. प्रमोद यादवले बताए । स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि अस्पतालको सेवा पनि प्रभावित भएको छ । ‘स्वाथ्यकर्मीहरु काममा नफर्किने भन्दै बसेका छन्’ यादवले भने–‘ज्यान धरापमा राखेर सेवामा खटिदा पनि कुटाई खानुपरेपछि कसरी काम गर्नु ?’

जनकपुरका केही मानिसले प्रादेशिक अस्पतालमा कोभिड उपचार प्रभावित पार्न खोजिरहेको वताएका उनले त्यसै अनुसार प्रेरित भएर योजनावद्ध आक्रमण गरिएको वताए । अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

विशेष