News प्रदेश २

सप्तरीमा आईतवारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली

सप्तरीमा आईतवारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली

कोरोनाको दोस्रो लहरसँगै संक्रमित बढ्न थालेपछि सप्तरी जिल्लामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा शनिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले आइतबारदेखि लागू हुने गरी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

अत्यावश्यक सेवा तथा निर्माण कार्यमा प्रयोग हुनेबाहेकका सवारी साधनमा जोरबिजोर गरेर सञ्चालनमा ल्याउने निर्णय गरिएको सप्तरीका सिडिओ फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।

बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकललगायतका सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जनाइएको छ। बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा बिक्री हुने खाद्यान्य, लत्ताकपडा तथा तरकारी बिक्रीवितरणमा रोक लगाइने पोखरेलले बताए।

त्यस्तै राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यकबाहेकका सवारी साधन संचालनमा पनि रोक लगाइएको छ। 

बैठकबाट गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा आइतबारदेखि दैनिक रुपमा निःशुल्क स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिइएको छ। 

विशेष