News

आईतवारदेखि लागु हुने गरी उदयपुरमा यातायात वन्द

आईतवारदेखि लागु हुने गरी उदयपुरमा यातायात वन्द

स्थानीय प्रशासनले आईतवारदेखि लागु हुने गरी उदयपुरका यातायातका साधन वन्द गराएको छ ।

कोरोना संक्रमणको वृद्धि दरलाई कम गर्ने उदेश्यले यातायातका साधनका रोक लगाईएको हो । शनिबार जिल्ला संकट व्यवस्थापन समिति (डिसिसिएमसी) बैठकले बढ्दो संक्रमण रोक्न सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।  

संक्रमितको संख्या एक्कासी बढेको पाइएपछि थप संक्रमण हुनबाट रोक्नका लागि केहीदिनका लागि यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरिएको उदयपुरका सिडिओ तुलसीराम सेंढाईले वताए ।

सदरमुकाम गाईघाट, कटारी बजार, बेलटार, रामपुर तथा मुर्कुचीलगायतका क्षेत्रमा यातायात बन्द गरिने छ।  

मदन भण्डारी लोकमार्ग पनि ठप्प हुने जनाईएको छ । 

विशेष