News राजनीति

शेरवहादुर देउवाले किन स्थगित गरे गठवन्धनको वैठक

शेरवहादुर देउवाले किन स्थगित गरे गठवन्धनको वैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेटन वुढानिलकण्ठ पुगेका छन् ।

सभापति देउवाले वोलाएको विपक्षी गठवन्धनको वैठक अचानक स्थगित भएपछि प्रचण्ड त्यहाँ पुगेका हुन् । देउवाले २ वजेका लागि वोलाएको गठवन्धनको वैठक स्थतिग गरी पार्टीको पदाधिकारी र पुर्वपदाधिकारीको वैठक वोलाएका छन् ।

तीन वजे वस्ने भनिएको उक्त वैठकले सरकार गठनकै विषयमा छलफल गर्ने जनाईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार गठबन्धनको सरकार बनाउन आउँदो विहिबार राती ९ बजेसम्म दाबी पेश गर्न आव्हान गरेकी छिन् ।

कांग्रेस–माओवादी र फोरमको उपेन्द्र यादव समुह मिलेर गठबन्धनको सरकार बनाउने प्रयासमा जुटेका छन् । 
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेरवहादुर देउवा गठबन्धनको सरकार

विशेष