News स्वास्थ्य

टेकु अस्पतालमा कोरोना परिक्षण रोकियो

टेकु अस्पतालमा कोरोना परिक्षण रोकियो

काठमाण्डौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा कोभिड–१९ को पीसीआर परीक्षण स्थगित भएको छ ।

देशकै पहिलो कोभिड परीक्षण र उपचार गरेको अस्पतालले मंगलबार एक सूचना निकालेर अस्पतालमा हुँदै आएको कोभिडको पीसीआर परीक्षण नहुने जानकारी गराएको हो ।

अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीद्वारा जारी सूचनामा ‘विशेष कारण’ भन्दै परीक्षण स्थगित गरेको हो । उनका अनुसार पीसीआर गर्नको लागि चाहिने आरएन एक्सट्रयाक्सन सकिएकाले परीक्षण स्थगित गरिएको हो ।

किट आईपुग्न अझै तीन दिन लाग्ने र अन्य ल्याबको किट प्रयोग नहुने भएकाले परीक्षण स्थगित गरिएको जनाईएको छ ।

केही समययता परीक्षण गराउनेको संख्या घटेपछि कम किट आयात गरिएको र अहिले परीक्षण गराउने बढेपछि अभाव भएको उनको भनाइ छ ।

विशेष