News राजनीति

देउवालाई उपेन्द्रको आश्वासन– बहुमत पुग्ने गरी सांसदको भोट म दिलाउँछु

देउवालाई उपेन्द्रको आश्वासन– बहुमत पुग्ने गरी सांसदको भोट म दिलाउँछु

नेताहरुको असमझदारीका कारण जनता समाजवादी पार्टी (जसपा) फुट्ने अन्तिम अवस्थामा छ ।

अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वमा सरकारमा जान खुट्टा उचाल्ने र अर्का अध्यक्ष महन्थ ठाकुरले कुनै पनि सर्तमा देउवा सरकारमा नजाने अडान लिएपछि पार्टी फुटको संघारमा उभिएको छ । 

अध्यक्ष ठाकुरले जसपा सरकारमा नजाने र त्यो तहको निर्णय पनि नहुने भन्दै त्यसबारेको जानकारी देउवालाई दिएका छन्। उनले राष्ट्रपति समेतलाई सोहि ब्यहोरा जानकारी दिएका छन् ।

तर, अर्का अध्यक्ष उपेन्द्र यादव भने पार्टी फुटाएरै पनि सरकारमा सहभागि हुने मानशिक्तामा रहेको उनी निकट नेताहरु वताउँछन् । उनलाई संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पनि साथ छ। 

उपेन्द्र यादवले महन्थ नआए पनि जसपाबाट देउवालाई बहुमत पुग्ने गरी सांसदको भोट दिलाउनै भन्दै आश्वस्त पारेको स्रोतले जनाएको छ। अर्कोतर्फ ठाकुर समूहले पार्टीको निर्देशन विपरीतका कार्य गरेको भन्दै अध्यक्ष यादवमाथि र्नै कारबाहीको तयारी थालेको पनि चर्चा छ।

कांग्रेसले भने एमालेको असन्तुष्ट पक्षका सांसदहरुलाई राजीनमा गराएर पनि वहुमत पुर्याउने कसरत गरिरहेका वुझिएको छ ।

एमालेको माधव–झलनाथ पक्ष पनि रणनीति वनाउन छलफलमा जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएपछि भावी रणनीति वनाउन छलफल भईरहेको एक नेताले वताए ।
 

उपेन्द्र यादव शेरवहादुर देउवा महन्थ ठाकुर जनता समाजवादी पार्टी (जसपा)

विशेष