News स्वास्थ्य

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त, कोमललाई वार्डमा सारियो 

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त, कोमललाई वार्डमा सारियो 

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना जितेका छन्। थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत शाह दुई दिन अघि नै कोरोना मुक्त भएका हुन्। उनलाई अक्सिजन दिन छोडिएको छ।

२ दिनअघि गरिएको स्वाव परिक्षणमा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । पूर्वरानी शाहको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार भईरहेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । 
 

पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक इन्टरनेशल हस्पिटल कोरोना मुक्त

विशेष