News

मर्स्याङ्दीमाा ट्रक खस्दा दाजुभाईको मृत्यु

मर्स्याङ्दीमाा ट्रक खस्दा दाजुभाईको मृत्यु

मर्स्याङ्दी नदीमा ट्रक खस्दा बाग्लुङको गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेलको मृत्यु भएको छ। उनीहरु सहोदर दाजुभाई हुन।

पराल वोकेर चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ जाँदै गरेको ना३ख ९९७३ नं को ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट नदिमा खसेको थियो ।

करीब १ सय मिटर तल खस्दा दाजु भाईकै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको जनाईएको छ। हाल उनीहरु चितवनको नवलपरासीमा डेरा गरेर वस्दै आएका थिए ।
घटना राति भएकाले विहान मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालय वाग्लुङले जनाएको छ।

मृतक दुवैको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । 
 

विशेष