News

सरकारलाई सर्वोच्चको आदेश– कोरोना उपचारका लागि थप अस्पताल सञ्चालनमा ल्याउ

सरकारलाई सर्वोच्चको आदेश– कोरोना उपचारका लागि थप अस्पताल सञ्चालनमा ल्याउ

सर्वोच्च अदालतले कोरोनाको उपचार तथा नियन्त्रणका लागि थप अस्पताल सञ्चालनमा ल्याउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको इजालासले संक्रमितका लागि आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाइ, थप साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउन र अस्पतालमा बिरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न स्वास्थ तथा जनसंख्या मनत्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता शैलेन्द्रप्रसाद अम्वेडकर र मेहना अन्सारीले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले अस्पाताल, अक्सिजनलगायतका पूर्वाधार तत्काल तयार पार्न अन्तरिम आदेश दिएको हो।

नागरिकको स्वास्थ्यमा प्रत्यक्ष र सरोकार राख्ने स्वास्थ्य अस्पताल, अक्सिजन र जनशक्तिको व्यवस्थापनका लागि आवश्यकता अनुसार कार्यसमिति बनाएर समस्याको समाधान गर्न आदेश दिएको हो ।

‘उपचारबाट कसैले पनि विमुख हुन नपरोस भन्नाको लागि थप साधनयुक्त अस्पतालहरू संचालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्ने समेतका समस्याहरूको समयमै आवश्यक सम्वोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधनयुक्त अस्पतालहरू संचालनमा ल्याउनु’– आदेशमा भनिएको छ।

सर्वोच्च अदालत कोरोना उपचार अस्पताल सञ्चालन सरकारलाई आदेश

विशेष