News राजनीति

रामको नाम लिएपछि ओली मालामाल, सी बिचारधारा अपनाउँदा प्रचण्ड/माधब कंगाल

रामको नाम लिएपछि ओली मालामाल, सी बिचारधारा अपनाउँदा प्रचण्ड/माधब कंगाल

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि नयाँ सत्ता समीकरणको रस्साकस्सी चलिरहेको छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रधानमन्त्रीकै पार्टीका माधव नेपाल पक्षको समर्थनमा सरकार वनाउने भनेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दौडधुप गरिरिहेका छन् ।

तर, जसपाको अन्तरद्वन्द्व र एमाले माधव पक्षको ‘पर्ख र हेर’ को नीतिका कारण देउवाको सत्तारोहण त्यति सहज भने देखिएको छैन । यदि वहुमतिय सरकार गठन हुन नसके संसदको ठुलो दलका हैसियतले पुनः ओली नै प्रधानमन्त्री वन्ने पक्कापक्की छ।

अर्कोतर्फ ओलीले विश्वासको मत गुमाएपछि पनि छिमेकी राष्ट्र भारतले उनलाई नै प्रधानमन्त्रीका रुपमा चाहेका धारणाहरु सार्वजनिक हुन थालेका छन् । भारतको सोहि चाहनाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई ‘तटस्थ’ बस्न वाध्य पारेका विश्लेषणहरु भईरहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत नपुग्दा नपुग्दै पनि विश्वासको मत लिन जानु, विश्वासको मतमा एमालेबाहेक अरु दलको एक मत पनि नपाउनु तर पनि संसदमा बोल्दा उनको हाउभाउमा कुनै परिवर्तन नआउनुको पछाडि भारतको भरोसाले नै काम गरेको विश्लेषकहरु वताउँछन् ।

भाजपा नेता एस. सुब्रमन्यनले पनि यो कुरालाई थोरै संकेत गरेर ट्वीट गरे। उनका अनुसार पनि केपी ओली भारतले रुचाएका प्रधानमन्त्री हुन्। यदि माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए त्यो चिनका जित हुने भारतको वुझाई छ। यो कुरा नेता एस. सुब्रमन्यनको ट्वीले पनि पुष्टि गर्छ ।

यस अर्थमा अहिले पनि ओलीलाई भारतको सदभाव प्राप्त छ। अहिले मात्र होईन, केपी ओली लामो समयदेखि भारती छत्र छायाँमै हुर्किका हुन् । मदन भण्डारी प्रतिष्ठानमा भारतीय लगानी छ। ओली पार्टी प्रमुख नहुँदा प्रतिष्ठानमै वसेर गुट चलाउँथे भन्ने पार्टीका नेताहरुले नै वताउने गरेका छन् । 

पुराना कम्युनिष्ट नेताहरु प्रदिप नेपाल र राधाकृष्ण मैनाली  पनि ओलीको छवि भारतले वनाई दिएको दावी गर्छन । 

अर्कोतर्फ भारत नेपाली राजनीतिमा सदावहार शक्तिशाली रहँदै आएको छ। परापुर्व कालमा त नेपालको मन्त्री परिषदमै भारतीय प्रतिनिधि वस्ने गरेको, त्यसपछिका समयमा मन्त्री परिषदले गरेका निर्णयहरु भारतीय दुतावासमा वुझाईने गरेका इतिहाँसले पनि भारतले नेपालमा ‘माईक्रो म्यानेज’ गर्ने गरको पुष्टि हुन्छ। ०७२ सालको संविधान बनाउने/जारी गर्ने वाहेक नेपालको राजनीति भारतवाट वग्ने हावा अनुसार नै वग्ने गरेको जानकारहरु वताउँछन् ।

यसैगरी, चीनियाँ लाइनमा रहेका विपी कोईराला, पुर्व राजा ज्ञानेन्द्र शाह र अन्य कम्युनिष्ट नेताहरु जति नै शक्तिशाली भएपनि उनीहरुको शक्ति नेपालको राजनीतिमा टिक्न नसक्नु अर्को उदाहरण हो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधव नेपालले ‘सी बिचारधारा’ को गोस्ठि नै गराएर। त्यस विषयमा उनीहरुले पार्टीमा छलफल पनि गराए।

प्रचण्ड र माधव मात्र होईन जसपाका अध्यक्ष उपेन्द्र यादव पनि चीनियाँ लाईनमै छन्। विश्वासको मतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पश्तुत गरेको प्रश्तावको विपक्षमा मतदान गर्नुको कारण पनि यसैलाई मान्छि। 

यसैगरी माओवदी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महरा पनि चिनियाँ लाईनका नेताको रुपमा चिनिएका नेता हुन। त्यो लाईन वुझेपछि ओली महरासँग रुस्ट थिए।  जसको फल महराले भोगे तर पछि निर्दोस ठहरिए। यी सवै उदाहरण हेर्दा स्वतन्त्र कम्युनिष्ट तथा चिनियाँ लाईनको शक्ती नेपालमा टिकेको उदाहरण छैन। प्रचण्ड पटक–पटक प्रधानमन्त्री उत्साहित भएर पनि असफल हुनु, ज्ञानेन्द्र शाहले सार्कमा चीनलाइ सदस्य बानाउने प्रस्ताब राख्दा राजतन्त्र नै समाप्त हुनु, विपी कोईराला समाजवादी साहित्य पढ्दा जेल पर्ने यसका उदाहरण हुन् ।

नेपाली राजनीतिमा जति नै कमजोर र अलोप्रिय हुँदा पनि र कम्युनिष्टहरु शक्तिशाली हुँदा पनि गिरिजा धेरै पटक प्रधानमन्त्री बन्नु यसको अर्को उदाहरण हो । यहि कारण हो, नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालापछि केपी ओली भारतको विश्वासपात्र बन्ने लाइनमा लागेका छन्।

शत्ताको भर्याङ धर्म
भनिन्छ, कम्युनिष्टहरु धर्ममा विश्वास राख्दैनन्। माक्र्सवाद मान्नेहरु भौतिकवादी हुन्छन्। तर, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भने अति धार्मीक भएर निस्किएका छन् । प्रधानमन्त्री ओलीले नै अरु नेतालाई पनि रामको नाम लिन सिकाए ।

नेपालमा वहालवाला प्रधानमन्त्रीले अहिलेसम्म नगरेको काम गरेर पुशपति नाथको पुजाअर्चना मात्र गरेनन्, सुनको जलहरी पनि चढाए । रामको जन्मभुमि चितवनमा भएको हो भनेर रामसिताको मुर्ति स्थापना गराए। कोरोना कहरमा पनि रथ यात्रा चलाए। यसले के देखाउँछ भने–केपी ओली वास्तमै धार्मीक नेता हुन। धर्ममा उनको आस्था र भरोसा छ÷छैन त्यो त उनले नै वुझेका होलान। तर, ब्यवहारमा भने उनको धार्मीक अतिवादले नागरिक आस्चर्य चकित छन् ।

उनको धार्मीक आचरण सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जोडिएको छ। नरेन्द्र मोदी धर्मिक नाराकै कारण भारतमा उदायका हुन। यसरी हेर्दा ओली र मोदी दुवै धार्मीक अतिवादी हुन । ओलीको यो शैलीले पनि भारतीय संस्थापन पक्षसँग नजिक हुन मद्धत गरेको जानकारहरु वताउँछन् ।
 

केपी शर्मा ओली नरेन्द्र मोदी भाजपा नेता एस. सुब्रमन्यन भारतीय प्रतिनिधि

विशेष