News राजनीति

भीम रावल भन्छन्– ओलीलाई प्रधानमन्त्रीमा रोक्न सांसदवाट राजीनामा दिनुपर्छ

भीम रावल भन्छन्– ओलीलाई प्रधानमन्त्रीमा रोक्न सांसदवाट राजीनामा दिनुपर्छ

नेकपा एमालेका नेता भीम रावलले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री हुनवाट रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने सुझाएका छन् ।

उनले वुधवार ट्वीट गर्दै यस्तो सुझाव प्रश्तुत गरेका हुन् ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ’ उनले लेखेका छन्–‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

एमालेको माधव नेपाल पक्षभित्र सामूहिक राजीनामा चर्चा चलिरहेका बेला रावलले पनि राजीनामा दिनुपर्ने मत सार्वजनिक गरेका हुन् ।

तर, नेपाल पक्षभित्र सामूहिक राजीनामा दिने कुरामा एकमत बन्न सकिरहेको छैन । नेताहरु घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेता राजीनामाको विपक्षमा छन् ।

विशेष