News

गण्डकीमा पुनः पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री, विपक्षीको वहुमत पुगेन

गण्डकीमा पुनः पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री, विपक्षीको वहुमत पुगेन

गण्डकी प्रदेशमा वहुमतको सरकार वन्न नसकेपछि फेरि पनि एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बनेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरेकी छिन् ।

गुरुङलाई बुधवार नै शपथ गराउने तयारी छ । वहुमतको सरकार गठन गर्नका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी गरेका थिए ।

तर, उनको पक्षमा बहुमत नपुगेपछि गुरुङ नै मुख्यमन्त्री बने पक्का भएको हो ।

राष्ट्रिय जनमोर्चाका दुई जना प्रदेश सभा सदस्यले आफूहरू तटस्थ बस्ने बताएपछि विपक्षी गठबन्धनको बहुमत नपुगेको हो।

विशेष