News

२५ जनाभन्दा वढि मलामी जान नपाईने

२५ जनाभन्दा वढि मलामी जान नपाईने

सरकारले कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा २५ जनासम्म मलामी जान पाउने ब्यवस्था गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको मृत्यु भई शव व्यवस्थापन गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना भन्दा बढी मलामी सहभागी नहुन आग्रह गरेको हो ।

मन्त्रालयले एक सूचना जारी गरी त्यसो गर्न पनि सम्भव नभएमा नेपाली सेनाले शव व्यवस्थापन गर्ने पनि जनाएको छ।

संक्रमित व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न सकिने मन्त्रालयको भनाइ छ । 


 

विशेष