News राजनीति

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पोखरेलको दावी, सरकार गठनमा अझै अवरोध

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पोखरेलको दावी, सरकार गठनमा अझै अवरोध

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै प्रदेश प्रमुखलाई पत्र वुझाएका छन् ।

पोखराको शहीद चोकमा रहेको प्रदेश प्रमुखको कार्यालयमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका दलका नेता हरिबहादुर चुमान, जसपाकी धनमाया लामालगायतका सांसद सहभागी भएर प्रदेश प्रमुख पौडेललाई पत्र बुझाइएका हुन ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख पौडेलले बहुमतको आधारमा सरकार गठनका लागि तीन दिनको समय दिएकी थिईन। उनले दिएको समय ४ बजे सकिएको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार आफूलाई प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गर्न पोखरेलले आग्रह गरेका छन् । बहुमत नपुगेमा धारा १६८ को उपधारा ३ अनुसार अनुसार प्रदेश सभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

पोखरेलले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको समर्थन आफूलाई भएकोले आफूसँग बहुमत रहेको दाबी गरेका छन्। 

तर राष्ट्रिय जनमोर्चाका दुई जना प्रदेश सभा सदस्यले भने आफूहरू तटस्थ बस्ने बताएका छन् । प्रदेश सभा सदस्यहरू कृष्णचन्द्र थापा र खिमविक्रम शाहीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर सरकार निर्माणको विषयमा आफूहरू तटस्थ रहेको बताएका हुन् । 
 

प्रदेश प्रमुख सरकार गठन गण्डकी प्रदेशको मुख्यमन्त्री

विशेष