News

९ जनाको मृत्यु भएपछि सेनाले विराटनगरवाट भैरहवा पुर्यायो अक्सिजन

९ जनाको मृत्यु भएपछि सेनाले विराटनगरवाट भैरहवा पुर्यायो अक्सिजन

अक्सिजन अभावका काराण वुटवल र भैरहवामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । करिव आधा घण्टा कक्सिजन आपुर्ति वन्द हुँदा उनीहरुको मृत्यु भयो ।

बुटवलको धागो कारखानामा रहेको कोभिड विशेष अस्पतालमा ५ र भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा गरि ४ जनाको अक्सिजनकै अभावमा मृत्यु भयो ।

जिल्लाका अक्सिजन उद्योगले माग थेग्न नसकेपछि पछिल्लो चार दिनदेखि रुपन्देहीमा अक्सिजनको अभाव छ। बिरामी र उनका अफन्तको अस्पतालमा रुवाबासी छ ।

यो अवस्था आएपछि वुधवारै नेपाली सेनाको हेलिकप्टरले विराटनगरबाट अक्सिजन सिलिण्डर रुपन्देही पुर्याएको छ। अक्सिजन अभाव नभएको पूर्वीजिल्लाका अक्सिजन प्लाण्टहरूबाट भरिएको सिलिण्डरसहित नेपाली सेनाको हेलिकप्टर रुपन्देही पुगेको हो ।

४० थान सिलिन्डर अहिले  एअरलिफ्ट मार्फत भैरहवा ल्याइएको हो । त्यसका लागि नगरपालिकाका  प्रमुख शिवराज सुवेदी अक्सिजन सिलिन्डर लिन भैरहवा विमानस्थल पुगेका छन् । खाली सिलिन्डर रिफिलका लागि फेरि विराटनगर पठाउने तयारी छ । 
 

विशेष