News

कोमललाई अस्पतालमै छोडेर हिँडे पूर्व राजा ज्ञानेन्द्र

कोमललाई अस्पतालमै छोडेर हिँडे पूर्व राजा ज्ञानेन्द्र

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका पूर्व राजा ज्ञानेन्द्र शाह अस्पतालवाट डिस्चार्ज भएका छन् ।

पूर्ण स्वास्थ भएपछि नर्भिक अस्पतालबाट उनी डिस्चार्ज भएका हुन्। कोरोना संक्रमण पुष्टी भएपछि विगत १९ दिनदेखि अस्पताल भर्ना भई उपचार गराइ रहेका पूर्व राजाको स्वास्थ्य सामान्य बनेपछि बुधबार राति ८ बजे उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

सँगै कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएकी पूर्व रानी कोमल शाह भने अझै उपचारकै क्रममा छिन् । उनको कोरोना रिपोर्ट नगेटिभ आएपनि अझै अस्पतालमा राख्नुपर्ने देखिएको छ। छोरी प्रेरणाको पनि यसअघि नै रिपोर्ट नेगेटिभ आएको छ।

भारतको हरिद्धारमा आयोजित महाकुम्भमा आयोजकहरुको निमन्त्रणमा विशिष्ट अतिथिका रुपमा उपस्थित पूर्व राजा दिल्ली हुँदै अप्रिल १८ मा स्वदेश फर्किएका थिए। 
 

विशेष