News

निषेधाज्ञा ढिलो भयो, अव तीन हप्ता कडा लकडाउन गरे स्थिती नियन्त्रणमा आउँछः डा. गौतम

निषेधाज्ञा ढिलो भयो, अव तीन हप्ता कडा लकडाउन गरे स्थिती नियन्त्रणमा आउँछः डा. गौतम

सरकारले स्रोत साधनको ब्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमितको संख्या उच्च वनेको छ। हाल दैनिक सरदर १० हजारको हाराहारीमा संक्रमितको संख्या वढिरहेको छ। मर्नेको संख्या अझ भयावह छ।

मंगलवार मात्रै कोरोनाका कारण एकैदिन २२५ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकमा पछिल्लो एक सातामा छुटेकाहरुको समेत जोडिएर सार्वजनिक गरिएमो स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हुन त सरकारले कोरोना संक्रमणको चेन ब्रेक गर्न प्रयासै नगरेको भने होईन। अहिले ७२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। तर, निषेधाज्ञाका लागि पनि सरकारले ढिलो गरेको स्वास्थ्य मन्त्रालयकै अधिकारीहरु वताउँछन् ।

स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको समयमा पनि सरकारले लकडाउन गरेको भए अहिलेको अवस्था आउँदैनथ्यो भन्दै मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतम दावी गर्छन्। मन्त्रालयले अहिले पनि कडा लकडाउनमा जान सिफारिस गरेको वताएका उनले संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक्लो प्रयासले मात्रै नहुँने वताए ।

कोरोना संक्रमणको चेन ब्रेक गर्नेहो भने अरु तीन साता कडा लकडाउन गर्नु पर्ने उनको सुझाव छ। कोरोनाको चेन ब्रेक भए संक्रमण दर घट्ने र उपचारमा सहज हुने डा. गौतम बताउँछन् । ५० प्रतिशत नियन्त्रण भयो भने अस्पतालका बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटरलगायत स्रोत साधन र संरचनाले धान्न सक्ने र मृत्युदर पनि घटाउन सकिने उनी दावी गर्छन।
 

विशेष