News अर्थ बैंकिङ

हात्ति छाप चप्पल लगाउने लालिगुराँसका संचालकहरु यसरी भए सुनको हात्तिका मालिक

हात्ति छाप चप्पल लगाउने लालिगुराँसका संचालकहरु यसरी भए सुनको हात्तिका मालिक

संस्थामा आवद्ध सदस्यहरूलाई स्वावलम्वन, पारस्परिक सहयोग एवम् मितव्ययिताको अभिवृद्धि गरी नियमित रुपमा बचत गर्ने बानीको विकास गर्नु, उत्पादनशील, आयमूलक र सिपमूलक उद्देश्यका लागि सदस्यहरूलाई उचित ब्याजदरमा ऋण प्रदान गर्नु तथा आत्मनिर्भर एवम् आत्मविश्वास सम्बन्धी धारणाबारे सदस्यहरूलाई उत्प्रेरित गर्नु सहकारीको मुल उदेश्य हो।

मुलतः देशभरका सहकारी यहि उदेश्य अनुसार सञ्चालनमा छन्। तर, ललितपुरको ललितपुर महानगरपालिका स्थित लालीगुराँस वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भने उदेश्य अनुसारका काम नगरेपछि सम्पत्ति सुद्धिकरण अनुशन्धान विभागले छानविन सुरु गरेको छ ।

सञ्चालकहरुकै संलग्नतामा सहकारी संस्थाले अनावश्यक क्षेत्र र ब्यक्तिलाई लगानी गरेको उजुरी परेपछि सम्पत्ति सुद्धिकरण अनुशन्धान विभागले छानविन सुरु गरेको हो ।

सहकारीले हाल व्यापारिक कर्जा, भवन निर्माण कर्जा, औद्योगिक कर्जा, हायर पर्चेज कर्जा, पशु कर्जा, कृषी कर्जा, घरजग्गा खरिद कर्जा, डेरी उद्योग कर्जा, संस्थागत कर्जा र विविध कर्जाका नाममा ऋण लगानी गरिरहेको छ । तर, त्यो ऋण लगानी उचित ठाउँमा नभएको केहि संचालकहरुकै गुनासो छ। त्यस विषयमा आन्तरिक रुपमा विरोध गर्दा पनि सुनुवाई नभएपछि सहकारी भित्रकै केहि ब्यक्तिहरुले सम्पत्ति सुद्धिकरण अनुशन्धान विभागमा उजुरी दिएको पाईएको छ। सोहि उजुरीका आधारमा केहि संचालक र कर्मचारीहरुको वारेमा छानविन चलिरहेको छ।

सहकारीमा करिव २० हजार शेयर सदस्य छन। सरसर्ती हेर्दा सहकारीको कारोवार पनि राम्रो देखिन्छ। वार्षिक ५ देखि ६ अर्वको कारोवार तथा ९ देखि १० करोड खुद नाफा गर्दै आएको सहकारीले सहि चाहेमा हरेक सदस्यको आर्थिक अवस्थामा आमुल परिवर्तन गर्न सक्ने देखिन्छ। तर, सहकारीमा केहि सञ्चालक र प्रमुख कार्यकारी निर्देश सुरेन्द्र भण्डारीको हालिमुहाली छ। उनीहरुको षडयन्त्रका कारण केहिले राम्रो फाईदा लिएको र अधिकांश शेयर सदस्यको लगानी नै डुब्ने अवस्था आएको सुत्रले जनाएको छ ।

कमिशनका लागि मिलेमतो र सेटिङ्गमा ऋण लगानी गर्ने तथा कमिशन नआउने अवस्था भए आफन्त र नातेदारलाई मात्रै सुविधा दिने रणनीतिले सहकारीको आन्तरिक अवस्था खोक्रो भएको असन्तुष्ट सञ्चालकहरुको गुनासो छ। 

सहकारीले हाल मुख्य रुपमा लालीगुराँस हस्पिटल प्रा.लि., श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि.कलेज प्रा.लि., जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड टे«डिङ्ग कम्पनी प्रा.लि., भैरवकुण्ड हाईड्रोपावर प्रा.लि., महेन्द्र नारायण निधी मेमोरियल हस्पिटल लि. लगायतका क्षेत्रमा लगानी गरेको छ। तर, यी अधिकांश लगानी निजी भएको सरोकारवालाहरुको भनाई छ।

‘कर्पोरेट शैलीमा व्यापारिक कर्जा, भवन निर्माण कर्जा, औद्योगिक कर्जा र हायर पर्चेज कर्जाका नाममा भएको अधिकांश लगानी डुब्ने अवस्थामा छ’ श्रोत भन्छ–‘त्यस्तो लगानी कित कमिशन लिएर दिईएको छ, कित आफन्तलाई दिईएको छ। अव त्यो कर्ता उठाउन जाने हो भने कुनै हालतमा उठ्न सक्ने अवस्था छैन।’

ऋण लगानी गर्दै जाने तर फिर्ता नआउने अवस्था भएपछि शेयर सदस्यको निक्षेप खतरामा परेको उनको भनाई छ। ‘विस हजार शेयर सदस्यको निक्षेपलाई गलत तरिकाले प्रयोग गरियो। केहि टाठावाट र आसेपासे मोटाउने वाहेक अरुले सहकारीवाट फाईदा लिन सकेनन’ उनी भन्छन्–‘यस्तो अवस्था आएपछि जसले सहकारीवाट जिविकोपार्जनको आशा गरेर लगानी गरेका छन, उनीहरुको भलाई कसरी गर्न सकिन्छ।’

सञ्चालक र प्रमुख कार्यकारी निर्देशकको यहि शैलीका कारण हाल सहकारीमा आर्थिक संकट सुरु भएको वताईन्छ। निक्षेप फिर्ता लिन आउनेलाई पनि हप्तौंदिनसम्म अल्मल्याउने र सरसापटी गरेर निक्षेप फिर्ता दिने गरेको पाईएको छ ।

तर, सहकारीका केही संचालक र सिइओ भण्डारीको हैसियत भने रातारात परिवर्तन भएको छ। सामान्य आर्थिक अवस्थाका मान्छेले पनि सहकारीको पैसा हिनामिना गरेर ‘सुनको हात्ति’ किनेको वताईन्छ। उनीहरुको आफ्नो नाममा अरबौंको सम्पत्ति छ। थरिथरी लगानी छन्। उनीहरुले शेयर धनीलाई जोखिममा पारेर अन्धाधुन्ध लगानी गर्ने गरेको स्रोतको दावी छ। ‘नाफा भए संचालकको ब्यक्तिगत हुने र घाटा भए शेयर सदस्यको जाने गरी मिलान गरिएको छ’ स्रोत भन्छ–‘यहि धन्धा गरेर हिजो हात्ति छाप चप्पल पड्काउनेहरु अहिले अरवौंमा खेल्छन्।’

शेयर सदस्यको निक्षेपलाई ‘लुटको धन–फुपुको श्राद्ध’ भनेझै गरी प्रयोग गरिएको स्रोतको दावी छ। 

राष्ट्रिय सहकारी वैंकका सिइओ वद्रि कुमार गुरागाईका अनुसार सहकारीका सिइओ भण्डारीले व्रम्हलुट नै मच्चाएका छन्। उनको अकुल संपत्तिकै कारण सम्पत्ति सुद्धिकरण विभागले छानविन सुरु गरेको जनाईएको छ। यता, सहकारीका संचालक र कर्मचारीको वारेमा छानविन सुरु भएपछि सहकारी वैंकका सिइओ गुरागाई पनि आतंकित छन् । 

स्रोतका अनुसार सहकारीका संचालक तथा सिइओ भण्डारीको गैरकानुनी काममा थोरवहुत गुरागाईको पनि संलग्नता छ। वैंकवाट सहकारीमा ऋण दिने र सोहि पैसा कमिशनका आधारमा लगानी गर्ने काममा गुरागाईले भुमिका खेलका कारण आफु पनि फस्ने डरले उनी आतंकित भएको एक सञ्चालक वताउँछन्।

यस विषयमा सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहँदैनन्।

यो पनि
लालीगुराँस सहकारीमा सम्पत्ति सुद्धिकरण विभागको छानविन, सहकारी वैंकका सिइओ पनि तानिँदै !

सहकारीमा अनियमितता: मनलाग्दी लगानी गर्दा लालीगुराँसको पुँजी जोखिममा

लालीगुराँस वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्पत्ति सुद्धिकरण अनुशन्धान विभाग सहकारी वैंकका सिइओ गैरकानुनी काम

विशेष