News

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्– समझदारीका कोशिस जारी छन्, केहि निकास आउला !

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्– समझदारीका कोशिस जारी छन्, केहि निकास आउला !

प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विच भेटवार्ता जारी छ ।

बूढानीलकण्ठस्थित एक सञ्चार उद्यमीको घरमा सुरु भएको भेटवार्ताले केहि निकास दिने आशा एमालेका नेताहरुले गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पनि वैठकले केहि निकास दिन सक्ने वताए । उनले समझदारीका विभिन्न कोशिस अन्तर्गत आजको भेटवार्ता पनि भएको वताउँदै थप विषयमा कमेन्ट गर्नु हतार हुने वताए ।

विहिवार विहान वसेको पार्टीको वैठकले नेता नेपालसहित ४ जनाको कारवाही फुकुवा गरेको र माधव पक्षमा पनि राजीनामा अन्तिम विकल्प होईन भन्ने नेताहरुका कारण सामुहिक राजीनामाको वातावरण वन्न नसकेको विषयमा भने त्यो विषयमा अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको वताए । थापाले भने–‘वार्ता जारी छ, त्यसले केहि निकास ल्याउला, नल्याउला हेर्दै जाउँन।’

माधव नेपाल पक्षले आज ४ बजेसम्मको अल्टिमेटम दिएकाले त्यसअघि प्रधानमन्त्री ओली र नेता नेपाल वार्तामा बसेका हुन्।

नेपाल पक्षका सांसदले पदबाट राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री र नेपालबीचको भेटवार्ता भएको हो। आज बिहान प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरेर भेट गर्नका लागि प्रस्ताव गरेका थिए।

विहान बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको थियो ।

राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आजै समाप्त हुँदैछ । त्यसअघि नै ओलीले नेपालसँग वार्ता गरेका हुन् । नेपाल पक्षका २८ सांसदले राजीनामा दिए नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न वहुमत पुग्ने अवस्था आएपछि ओलीले नेपालसँग वार्ताको प्रयास गरेका हुन् । संसदमा ओलीले विश्वासको मत लिने प्रस्ताव गर्दा नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए ।

विशेष