News राजनीति

महन्थ ठाकुरद्वारा प्रधानमन्त्री बन्न अस्विकार, ओली नै दोहिरिने सम्भावना

महन्थ ठाकुरद्वारा प्रधानमन्त्री बन्न अस्विकार, ओली नै दोहिरिने सम्भावना

महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव आउदा पनि जसपाको ठाकुर–महतो पक्ष सहमतिमा नआएपछि वहुमतको सरकार वन्ने सम्भावना लगभग टरेको छ । 

जसपा एक गराउन नसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण असम्भव देखिएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पार्टीभित्र निकै दबाब र प्रधानमन्त्री केपी शर्मा ओलीसँग देउवाको गठजोड भन्दै चर्चा चलेपछि सरकार वनाउन तम्सिएका देउवा जसपाको चाला देखेपछि पछि हटेको एक नेताले जानकारी दिए ।

माओवादीले पहिले नै देउवालाई समर्थन गरेको घोषणा गरिसकेको छ । एमालेले माधवकुमार नेपाल समूह आएपनि सिंगो जसपा नआएसम्म सरकार बन्ने अवस्था नरहेकाले त्यति देउवाले जोड नगरेको ती नेताले बताए । 

जसपा एकढिक्का भएर समर्थन नगरेसम्म प्रधानमन्त्रीको ढोका नखुल्ने स्पष्ट रहेको भन्दै देउवाले हरेक वार्तामा जसपाका नेताहरूलाई एक ढिक्का भएर आउन भन्दै आएका थिए । 

यस विषयमा आजै देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुढानिलकण्ठमा छलफल भएको थियो ।
 
नयाँ संविधानको धारा ७६ (२) को व्यवस्था बमोजिम वहुमतको सरकार वन्न नसके धारा ७६ (३) अनुरुप प्रधानमन्त्री नियुक्त हुने प्रक्रिया अघि बढ्ने छ । श्रोतका अनुसार केपी शर्मा ओली आज राती नै पुनः प्रधानमन्त्री वन्ने सम्भावना छ।

विशेष