News राजनीति

प्रधानमन्त्री ओली र नेता नेपालको वार्ता सकियो, एकता जोगिएको टिप्पणी

प्रधानमन्त्री ओली र नेता नेपालको वार्ता सकियो, एकता जोगिएको टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ ।

दुई नेताविच पार्टीलाई सहमतिमा अघि वढाउने समझदारी भएपछि भेटवार्ता सकिएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

एमालेको एकता जोगिएको भन्दै उनले ट्वीटरमा लेखेका छन्–‘दुई नेताबीच पार्टीलाई सहमतिमा अघि बढाउने समझदारी भएसँगै विवादहरू गौण भएका छन् र एमाले फुटेमा फाइदा लिउँला भनेर मुख मिठ्याउनेहरू निराश बनेका छन्।’

पार्टीमा विवाद हुने र सहमति हुने भन्दै उनले थपेका छन्–‘पार्टीमा विवाद हुन्छ, सम्वाद हुन्छ र समाधान पनि हुन्छ। पार्टी र सरकारलाई प्रभावकारी बनाउनुमा नै भविष्य निर्भर छ।’
यो पनि

प्रधानमन्त्री ओली र नेता नेपाल विच ‘वान टु वान’ वार्ता, यस्तो थियो तयारी

महन्थ ठाकुरद्वारा प्रधानमन्त्री बन्न अस्विकार, ओली नै दोहिरिने सम्भावना

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्– समझदारीका कोशिस जारी छन्, केहि निकास आउला !

विशेष