News अर्थ

लकडाउनलाई लक्षित गरी टेलिकमको ‘स्टे कनेक्टेड’ अफर

लकडाउनलाई लक्षित गरी टेलिकमको ‘स्टे कनेक्टेड’ अफर

नेपाल टेलिकमले आफनो ग्राहकहरुलाई लक्षित गरी लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएसगैँ निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो ।

उक्त अफर शुक्रबारदेखि एक महिनाका लागि लागु हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए। जोशिका अनुसार उक्त अफर अन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ ।

अनलिमिटेड डे डाटा प्याक अफर रु ३९ मा उपलब्ध हुनेछ भने उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको प्रवक्ता जोशीले जानकारी दिए।

लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रूपमा एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ । यस्तैगरी, टेलिकमले निषेधाज्ञाको अबधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउँनेछन् ।

रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा बोनस स्वरूप ५०० एमबी डाटा उपलब्ध हुनेछ । उक्त डाटा २ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै रु ५०० वा सो भन्दाबढी रकम रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । उक्त डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।
 

विशेष