News

अक्सिजन नपाएर जाँदैछ नागरिकको ज्यान, उद्घाटन र शिलान्यासमा मात्रै छ मन्त्रीको ध्यान

वीरेन्द्र रमण

अक्सिजन नपाएर जाँदैछ नागरिकको ज्यान, उद्घाटन र शिलान्यासमा मात्रै छ मन्त्रीको ध्यान

जनकपुर– प्रदेश–२ मा कोरोना संकमण दिनप्रतिदिन बढि रहेको छ । बिरामीहरु उपचार नपाएर छटपटाईरहेका छन । अक्सीजनको आभाव छ। यस विषयमा अहिले सम्म कसैको मनमा पनि चसक्क घोचेको ब्यवहारमा देखिएको छैन ।

तर, प्रदेश सरकार मन्त्रीहरु भने यस्तो वेलामा पनि ‘काम कुरो एकातिर, कुम्लो वोकी ठिमीतिर’ भने झै मठ–मन्दिर र पार्क घुम्नमा व्यस्त छन । कतिपय ठाउँमा मन्त्रीहरु मन्दिर धर्मशालाको शिलान्यासमा व्यस्त छन भने कहिँ लावालस्करसहित अनुगमनमा हिडेका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गर्ने तथ्यांक अनुसार हरेक दिन हरेक जिल्लामा संक्रमितको संख्या थपिदो छ। विरामीहरुले अक्सिजन र संक्रमितलाई चलाईने औषधी समेत नपाएर ज्यान गुमाईरहेका छन् । तर, यी समस्या समाधान गर्नुको साटो प्रदेश–२ का सामाजिक विकास मन्त्री नवलकिसोर साहले दलबल सहित सप्तरीका विभिन्न मठमन्दिरहरुको निरिक्षण गरेका छन । 

गत बुधबार सामाजिक विकास मन्त्री साह तथा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा अवस्थित विभिन्न मन्दिर तथा पर्यटकीय स्थलहरुमा घुमफिर गरे। सामाजिक विकास मन्त्रीका स्वकीय सचिव राजकुमारले सामाजिक सञ्जालमा दुवै मन्त्रीको व्यवस्तता सहितको फोटो पोष्ट गरेका छन् ।


पोष्टमा उल्लेख भए अनुसार मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाँको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेका हुन् ।
मन्दिरको निर्माण प्रदेश सरकारकै योजनाा चाँडै पुरा गरिने प्रतिबद्धतासमेत मन्त्रीद्वयले व्यक्त गरेका छन् ।

अक्सीजन खरिद गर्नुपर्ने समयमा साईकल खरिद गरेर बाँड्दै सरकार
प्रदेश–२मा कोरोना संक्रमणको अवस्था भयावह भईरहेको छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झाका अनुसार २५ वेडको कोरोना अस्पतालका सवै वेड खचाखच छ। अधिकांश संक्रमितलाई अक्सिजन दिनै पर्ने र हरेकलाई दैनिक २ वडा सिलिण्डर खपत भईरहेको । यो अवस्था आएपछि अस्पतालको उपचार सेवा दिनदिनै असामान्य वन्दै गएको छ। विहिवार मात्रै एक जना संक्रमितको अक्सिजन अभावका कारण मृत्यु भयो ।

अस्पतालमा अक्सिजन नभएपछि धरान÷विराटनगरका उनको वाटोमै मृत्यु भएको मेसु झा वताउँछन् । यो अवस्था गजेन्द्र नारायण सिंह अस्पतालको मात्रै होईन, कोरोना संक्रमितको उपचार गराईरहेका सव अस्पतालको अवस्था उस्तै छ। यति मात्र होईन, संक्रमितको मृत्यु भएको वहानामा एक दिन अघि मात्रै जनकपुर स्थित प्रादेशिक अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरियो । ज्यानको वाजी लगाएर काम गरिरहेका स्वास्थ्यकर्मीलाई हौसला दिनुको सट्टा कुटपिट हुन थालेपछिको उपचार सेवा कस्तो होला ? यि यावत समस्याको समाधान खोज्नु पर्ने सरकार ‘आफनो वानी को छोड्छ, अरुको वानी को लिन्छ ?’ भने झै आफनो वानीमा मस्त छ।

अक्सीज खरिद गर्नुपर्ने समयमा साईकल खरिद गरी वितरण गर्ने तयारीमा लाग्नुले सरकार नागरिक प्रति कति जिम्मेवार छ भन्ने प्रष्ट हुन्छ। सरकारले अक्सिजन र भेन्टिलेटरका लागि सहजीकरण गर्नुपर्नेमा ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छात्राहरुलाई साइकल बाँड्नका लागि मधेश भवनको परिसर भित्र रहेको गोदाम घरमा साइकल बनाउनमै व्यस्त रहेको जानकारहरु वताउँछन्।

सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत यस वर्ष १७ हजारसम्म साइकल बाँड्ने लक्ष्य लिएको अभियानका संयोजक प्रियंका यादवले जानकारी दिइन्। ‘यस वर्ष १७ हजार साइकल बाँड्ने हाम्रो लक्ष्य थियो तर बिचमै लकडाउन भयो त्यसैले वितरण गर्न सकिएन। यद्यपि साइकल बनाउने कार्य भने द्रुत गतिमा भइरहेको छ,’ उनले भनिन्, ‘१७ हजारमध्ये ३ हजारसम्म साइकल बाँडिसकिएको छ। कोरोना महामारीको संक्रमण साम्य भएलगत्तै बाँकी साइकलहरु समेत बाँडिने छ। काम चलिरहेको छ। साइकलहरु पर्सा र जनकपुरधाममा रहेको स्टोरमा धमाधम तयार हुँदैछ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने कोरोनाको समयमा साइकल वितरण गर्न लागेको भन्ने कुरा निराधार रहेको बताए।

विशेष