News राजनीति

राजीनामाको अन्तिम निर्णय लिन खनाल–नेपाल पक्षको बैठक बस्दै, यी हुन् राजीनामा दिने सांसद

राजीनामाको अन्तिम निर्णय लिन खनाल–नेपाल पक्षको बैठक बस्दै, यी हुन् राजीनामा दिने सांसद

नेकपा एमाले झलनाथ खनाल–माधव नेपाल पक्षका सांसदहरुले सामुहिक राजिनामा दिनु अघि ओली पक्षलाई मनाउने अन्तिम प्रयास गर्न लागेका छन् ।

पार्टी फुटन नदिने प्रयास स्वरुप नेता नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधि विष्णु पौडेलका विचमा भेटवार्ता भईरहेको श्रोतले जनाएको छ । नेपाल पक्षले अध्यक्ष ओलीलाई पार्टीको अवस्थामा नपुर्याउन अन्तिम मौका दिन चाहेको र सोहि अनुसार दुवै पक्षका विचमा भेटवार्ता चलिरहेको जनाईएको छ।

दुवै पक्षमा कुरा नमिले खनाल र पक्षका २८ सांसदले राजिनामा दिने जनाईएको छ । जसका लागि सांसदहरुको वैठक समेत वसिरहेको छ । वैठक स्थल भने गोग्य राखिएको छ । माधव पक्षका नेताहरुले राजीनामा दिने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत सरकार वनाउने बाटो खुल्ने छ ।

प्रधानमन्त्री ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार गठनका लागि माधव पक्षको समेत सहयोग अनिवार्य भएकाले राजीनामाको भित्री तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ । 

पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामाको तयारी भएको माधव समूहका एक नेताले बताएका छन् ।

‘ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उनलाई एमाले र कम्युनिष्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया छैन भन्ने प्रस्ट भयो’ ती नेता भन्छन्– ‘समस्या नै ओली हुन्, फेरि उनलाई नै निरन्तरता दिन सकिँदैन भन्ने निचोड हाम्रो रह्यो ।’

गत २७ गते गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वोलाईएको संसदमा माधव पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यसदिन उनीहरुले राजीनामा नगर्ने बरु संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए । यो समूहका सांसद उनुपस्थित, जसपाको उपेन्द्र यादव पक्ष विपक्षमा तथा महन्थ ठाकुर पक्ष टथस्थ वसेपछि ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेकै दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयसिमा बैशाख ३० गते राति ९ बजे सकिँदैछ ।

बैशाख २७ गतेकै संसद बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीको विकल्पमा नयाँ सरकार गठन गर्ने प्रस्ताव गरेका थिए भने देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन जनाएका थिए । तर, ओलीको विकल्पमा नयाँ सरकार बनाउन संसदमा काँग्रेस, माओवादी र जनता समाजवादीको बाबुराम–उपेन्द्र पक्षमात्रै बाट सम्भव नभएपछि खनाल नेपाल समूह उक्त निष्कर्षमा पुगेको हो ।

बुधबार बसेको माधव–झलनाथ पक्षको स्थायी समिति बैठकले एमाले पार्टी फुटाउन र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन केपी ओली लागिरहेको ठहर गर्दै ओलीको विस्थापनका लागि निकास दिन जरुरी रहेकाले कठोर निर्णय गर्न बाध्य भएको एक स्थायी समिति सदस्यले बताए ।

खनाल पक्षमा प्रत्यक्ष तर्फ सांसदहरु झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रसाद भट्ट, भवानी खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिरा केसी, सोमप्रसाद पाण्डे, ध्रुवबहादुर शाही र राजबहादुर बुढा छन्।

यसैगरी,समानुपातिकतर्फ रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण, कल्याणी खड्कालगायत १२ जना सांसद छन् ।

विशेष