News राजनीति

माधव नेपालको कारवाही फुकुवा, यस्ता छन् एमाले वैठकका चार निर्णय

माधव नेपालको कारवाही फुकुवा, यस्ता छन् एमाले वैठकका चार निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाललाई गरेका कारवाही फिर्ता लिने निर्णय गरेको छ।

शुक्रवार बिहान बालुवाटारमा बसेको बैठकले नेता, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवा गर्ने निर्णय गरेको हो ।

वैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ भने केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईको कोरोनाका कारण भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 

त्यस्तै, बैठकले अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति, खोप लगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध, अस्पतालहरूको पूर्वाधार विस्तार लगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालित गर्न र मित्र राष्ट्रहरूबाट आवश्यक सहायता जटाउन थप कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको र प्रम ओलीले कोभिड महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरूका सन्दर्भमा बैठकलाई जानकारी गराएका थिए ।

विशेष