News राजनीति

प्रधानमन्त्री ओलीले माधव नेपाललाई वैठकवाटै फोन गरेपछि...

प्रधानमन्त्री ओलीले माधव नेपाललाई वैठकवाटै फोन गरेपछि...

माधव नेपाल पक्षका एमाले सांसदरुले सामुहिक राजीनामा दिने वताई रहेका वेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नै नेता नेपाललाई भेट गर्न प्रश्ताव गरेका थिए । बिहीबार बिहान बालुवाटारमा वसेको स्थायी कमिटी बैठक चलिरहेकै बेला ओलीले नेपाललाई फोन गरेका थिए । ओलीको प्रस्तावमा नेपाल सकारात्मक भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


स्थायी कमिटी बैठक अघि नेता विष्णु पौडेललले कोटेश्वर निवास पुगेर नेपाललाई भेटेका थिए । त्यस लगत्तै वसेको स्थायी कमिटी बैठकले नेपालसहित रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

माधव पक्षले नेकपा एमाले र माओवादी केन्द्र अलग पार्टी वनेपछि ०७५ जेठ २ अघिकै अवस्थाबाट पार्टी सञ्चालन ल्याउनु पर्ने माग गर्दै त्यो सर्त नमाने राजीनमा दिएका छन् । उक्त माग पूरा गर्न अध्यक्ष ओलीलाई साढे ४ बजेसम्मको समय दिएको छ।

त्यो समय अघि नै ओली र नेपाल विच भेटघाट हुन सक्ने आँकल गरिएको छ। तर, अहिलेसम्म भेटघाटको समय निर्धारण गरिएको छैन ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार बनाउन दिएको तीन दिनको समय आज ९ बजे राती सकिदैछ ।
 

विशेष